+
+

‘जारी’लाई सर्वोत्कृष्ट व्यवसायिक फिल्म विधामा राष्ट्रिय चलचित्र पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते २०:१०

काठमाडौं । २०८० सालमा रिलिज भएको फिल्म ‘जारी’लाई चलचित्र विकास बोर्डले गतवर्ष सर्वाधिक कमाउने फिल्मको रुपमा पुरस्कृत गरेको छ । बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्माता रामबाबु गुरुङलाई पुरस्कार प्रदान गरे ।

बाँसुरी फिल्म्सको सोसल ड्रामा ‘जारी’ले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट व्यवसायिक फिल्मको विधा जितेको हो । यसवर्षदेखि धेरै कमाउने फिल्मलाई पुरस्कृत गर्न थालिएको हो ।

चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार ‘जारी’ले १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । उसले ६ लाख १९ हजार टिकट विक्री गरेको थियो ।

सन् २०२५ मा ‘जारी’को दोस्रो श्रृंखला निर्माणको तयारी भैरहँदा बाँसुरी फिल्म्सलाई यो पुरस्कार मिलेको हो । ‘पुरस्कारले दोस्रो श्रृंखला निर्माणका लागि ऊर्जा थपेको छ’ राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेपछि निर्माता गुरुङले अनलाइनखबरसँग भने ।

यसवर्षको सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पनि बाँसुरी फिल्मसकै सहकार्यमा बनेको हो । राष्ट्रपति भवनमा आयोजित समारोहको एक लहरमा बाँसुरी फिल्म्स र सेभेन सिजनका प्रतिनिधि लहरै बसेका थिए ।

तस्वीर : विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?