+
+
WC Series
पोखरा एभेन्जर्स 2025
145/6 (18.4)
VS
८ बलमा २१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कैलालीमा ६ लाखको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १३:०६

१३ मंसिर, धनगढी । कैलालीमा प्रहरीले भन्सार छलीका ६ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट ६ लाख दुई हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

भारतबाट भन्सार छली गरेर ल्याइएका चिनी, प्याज, विद्युतीय उपकरण लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?