+

नर्सिङ संघको निर्वाचनलाई तोकिए देशभर २० मतदान केन्द्र (सूचीसहित)

२०८१ मंसिर  १४ गते १३:३३ २०८१ मंसिर १४ गते १३:३३
नर्सिङ संघको निर्वाचनलाई तोकिए देशभर २० मतदान केन्द्र (सूचीसहित)

काठमाडौं । नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि मंसिर २८ गते निर्वाचन हुँदैछ । संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन नै गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संघको निर्वाचन समितिका अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरी २० मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

‘निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण तथा आजीवन सदस्यहरुले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन्,’ निर्वाचन समितिकी प्रमुख आयुक्त लक्ष्मी राईद्वारा जारी सूचनामा उल्लेख छ, ‘२८ मंसिरमा नेपाल नर्सिङ संघको सदस्यको परिचयपत्रका साथ आफूलाई पायक पर्ने तोकिएका निर्वाचन केन्दमा उपस्थित भई आफ्नो अमूल्य मत प्रदान गर्न अनुरोध गरिन्छ ।’

निर्वाचन केन्द्र कहाँ कहाँ ?

सूचना अनुसार प्रादेशिक अस्पताल, भद्रपुर, कोशी अस्पताल विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जिल्ला अस्पताल धनकुटा, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज नर्सिङ क्याम्पस, भरतपुर अस्पताल चितवन, केन्द्रीय कार्यालय नेपाल नर्सिङ संघ लाजिम्पाट, काठमाडौंमा मतदान केन्द्र तोकिएको छ ।

यस्तै भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल बुटवल, जिल्ला अस्पताल पाल्पा, दाङ उपक्षेत्रीय अस्पताल घोराही, भेरी अस्पताल नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल रोल्पा र सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान केन्द्र तोकिएको छ ।

प्यानल बनाएर चुनावमा

नेपाल नर्सिङ संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।

महासचिवमा प्रगतिशील प्यानलबाट एमालेनिकट डा. देवकाकुमारी आचार्य र पेशागत प्यानलबाट कांग्रेसनिकट मीनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । महासचिवमै जानकी धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलबाट एमाले निकटका रमेश सुब्बा उम्मेदवार छन् । पेशागतबाट वरिष्ठ उपाध्यक्षमा कांग्रेसनिकट कल्पना श्रेष्ठ जोशीले उम्मेदवारी दिएकी छिन् । उपाध्यक्षमा एमाले-माओवादी गठबन्धनबाट माओवादीनिकट बबिता घिमिरे र कांग्रेस-समाजवादी गठबन्धनबाट कांग्रेसनिकट मनिषा कोइरालाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा प्रगतिशीलबाट तुलसादेवी अधिकारी र पेशागतबाट रमादेवी पहारी ज्ञवालीको उम्मेदवारी परेको छ । यस्तै सचिव पदमा प्रगतिशीलबाट बेली पौडेल र पेशागतबाट जया मिश्राको उम्मेदवारी परेको छ ।

सदस्यमा प्रगतिशील समूहबाट मेनुका पोख्रेल, हरि कोजु, कला बस्याल, कोपिला विश्वकर्मा, पासपति जयसवाल, सवेनाज बेगम, जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा रहेका छन् ।

पेशागत समूहबाट सदस्यहरुमा सानुकुमारी विष्ट, रुपा देवी थापा, रती पक्वाङ, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल रहेका छन् । यस्तै, परिषद् सदस्यमा प्रगतिशीलबाट राधादेवी आचार्य सुमिता पाठक र राजदेवी अधिकारी रहेका छन् भने पेशागतबाट ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी छन् ।

यो निर्वाचन नर्सिङ पेशाको भविष्य तय गर्ने एक महत्त्वपूर्ण क्षण हो । यहींबाट व्यक्तिगत महत्त्वकांक्षा मात्रै नभई स्वास्थ्य सेवाको गुणस्तर र दिशा पनि निर्धारण हुँदैछ । तर यसपटक भने गठबन्धन बनेका कारण कडा प्रतिस्पर्धा हुने आकलन छ ।

‘अहिले चुनावमा विरासत जोगाउने र भत्काउने अन्तिम कसरत पर्ने देखिन्छ,’ एक पूर्वकार्यसमिति पदाधिकारीले भनिन्, ‘प्रगतिशील समूहका लागि पुरानो साख बचाउने चुनौती देखिन्छ भने लोकतान्त्रिक समूह यसभन्दा अगाडिका किल्ला भत्काउने ध्यानमा जुटेको छ ।’

१९ औं केन्द्रीय कार्यसमितिमा नेपाल कम्युनिस्ट पार्टी समर्थक नर्सको प्यानल विजयी भएको थियो । त्यतिबेला प्रगतिशील समूहकी मनकुमारी राई १२ सय मतको फराकिलो अन्तरसहित निर्वाचित भएकी थिइन् ।

राईले ३ हजार २७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरेकी थिइन् । अध्यक्षसहित सबै पदमा नेकपा उम्मेदवार विजयी भएका थिए । स्थापनाकालदेखि नै प्रगतिशील समूहले जित हासिल गर्दै आएको छ ।

नेपाल नर्सिङ संघ मतदान केन्द्र

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर  

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?