१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो ।
कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन् ।
आइतबार कीर्तिपुरको मेयरका लागि मतदान हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4