१४ मंसिर, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले चाँडै नयाँ राष्ट्रिय युवा नीति जारी हुने बताएका छन् । उपाध्यक्ष बस्नेतले जारी हुने नयाँ युवा नीतिले युवा सहभागिता, नेतृत्व विकास र उद्यमशीलतमा जोड दिएको बताए ।
काठमाडौं जेसिजको ५४ औँ साधरण सभामा बोल्ने क्रममा उनले नयाँ राष्ट्रिय युवा नीतिले ०७२ सालको युवा नीतिलाई प्रतिस्थापन गर्ने जनाए । बस्नेतले भने, ‘हरेक पाँच वर्षमा राष्ट्रिय युवा नीति
अद्यावधिक गर्नुपर्ने प्रावधान अनुसार सरोकारवालासँगको छलफलपश्चात् राष्ट्रिय युवा नीति–२०८१ जारी हुन लागेको हो ।’
उपाध्यक्ष बस्नेतले युवाहरूलाई नीति निर्माणतहदेखि कार्यान्वयन तहसम्म अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिए । बस्नेतले युवालाई भविष्यका कर्णधारमात्र नभइ वर्तमानका अंशियार बनाइनुपर्ने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4