+

एनपीएलको मस्कट ‘जित’ सार्वजनिक

२०८१ मंसिर  १४ गते २२:१६ २०८१ मंसिर १४ गते २२:१६
एनपीएलको मस्कट ‘जित’ सार्वजनिक

१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मस्कट सार्वजनिक गरिएको छ । ‘जित’ नाम दिइएको उक्त मस्कट शुक्रबार एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एनपीएलको कप्तान मिडिया डे कार्यक्रममा एनपीएलको आधिकारिक मस्कट ‘जित’ लाई भिडियोमार्फत सार्वजनिक गरेको हो ।

उक्त मस्कट एक हिउँ चितुवा रहेको छ । पञ्जेबाजासहित मस्कटलाई स्टेजमा सार्वजनिक गरिएको थियो ।

एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ ।

उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

एनपीएल एनपीएलको मस्कट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय