+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पुथा उत्तरगंगा गाउँपालिकामा मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ८:३६
Photo Credit : Balaram Sherpali

१६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष चुन्नका लागि मतदान जारी छ ।

निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार २२वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

गत भदौ २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किंदै गर्दा बाङ्गलुङमा गाडी दुर्घटना हुँदा उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा गोपीमाया र वडा नम्बर दुईका अध्यक्ष जसबहादुर शेर्पालीको निधन भएको थियो । त्यसैले त्यहाँ उपनिर्वाचन भएको हो ।

२ नम्बर वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेकाले उपाध्यक्ष पदका लागि मात्रै मतदान भइरहेको छ।

माओवादी केन्द्रको बलियो पकड भनिने पुथाउत्तरगंगामा कांग्रेस र एमालेले तालमेल गरेका छन् । नेकपा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनेकी छन् ।

नेकपा माओवादी केन्द्रले भने नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । नरपुरा बुढा दिवंगत उपाध्यक्ष भुपेन्द्रा बुढाकी दिदी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?