+

पोखरा एभेन्जर्सले नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने

२०८१ मंसिर  १६ गते १२:३९ २०८१ मंसिर १६ गते १२:३९
पोखरा एभेन्जर्सले नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले समर्थकहरूका लागि नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने भएको छ ।

पोखराको खेल भएको दिनमा टोलीले यो सेवा प्रदान गर्ने घोषणा गरेको हो । दुईवटा बससहित समर्थकहरू लिएर पोखराबाट काठमाडौं आउने र फेरि पोखरा लिएर जाने बताइएको छ । त्यस्तै फ्यानहरूका लागि नि:शुल्क टिकट, खाजा र जर्सी पनि उपलब्ध गराउने छ ।

यो सेवा लिनका लागि पोखराले आइतबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई बुकिङ खुल्ला गरेको छ । पोखराभित्रबाट ४०जना र गण्डकी प्रदेशअन्तर्गत पोखराबाहिरबाट जान चाहनेहरूलाई पनि २० सिटको व्यवस्था गरिने छ ।

बुकिङका आधारमा काठमाडौं जाने व्यक्तिहरूको लक्की ड्र मार्फत नाम चयन गरिने छ । एकपटकमा नाम नआएमा अर्कोपटक प्राथमिकता दिइने जनाइएको छ ।

पोखराले आफ्नो पहिलो खेल मङ्गलबार दिउँसो चितवन राइनोजसँग खेल्दै छ ।

पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय