+
+

युवकमाथि आक्रमणको २ महिनापछि समातिए ४ अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:२६

१६ मंसिर, काठमाडौं । टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ, सोही ठाउँका २० वर्षकै सुसन तामाङ, धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले र रुबीभ्याली–६ कै १९ वर्षीय कान्छा भनिने आशिष गुरुङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

यो समूहले गत ३० भदौमा क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरुलाई आक्रमण गरेका थिए ।

उनीहरुमाथि कुर्सी, हेल्मेट, रड र सीसाको बोतल प्रहार भएको थियो । हाल पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाले कारबाहीका लागि महाराजगञ्ज पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?