+
+

गुल्मीको मुसिकोट–१ मा साढे ८ बजेबाट मतगणना

सर्वदलीय बैठकले साढे आठ बजेबाट मतगणना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:३६

१६ मंसिर, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना अहिले साढे आठबजेबाट सुरु गरिने भएको छ ।

सर्वदलीय बैठकले साढे आठ बजेबाट मतगणना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

मतदान केन्द्रबाट सबै मतपेटीका मतगणना हुने स्थल वडानम्बर–१ को वडा कार्यालयमा ल्याइएको छ । मतगणना हुने स्थल पौदीअमराईमा उम्मेदवारका समर्थकहरुको बाक्लो उपस्थित रहेको छ ।

जसले गर्दा पौदीअमराई यतिबेला चहलपहल बढेको छ । वडाअध्यक्षका लागि ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् । शान्तिपूर्ण भएको मतदानमा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताए ।

वडामा ४ हजार ५१ जना मतदाता रहेका थिए । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो ।

वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन्। नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन्।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार बनेका छन् । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?