१६ मंसिर, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना सुरु भएको छ ।
बेलुकी साढे ८ बजे भनिए पनि अहिले ९ बजेबाट मतगणना सुरु भएको हो।
मत गणना मुसिकोट नगरपालिकाको वडानम्बर–१ को पौदीअमराई स्थित कार्यालयमा सुरु भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले बताए ।
मतगणना स्थल वरपर उम्मेदबारका समर्थकहरुको बाक्लो उपस्थित रहेको छ । जसले गर्दा पौदीअमराई यतिबेला चहलपहल बढेको छ ।
वडाअध्यक्षका लागि ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् । ववडामा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताए ।
४ हजार ५१ जना मतदाता रहेका थिए । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो ।
वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन्। नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन्।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार बनेका छन् । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया 4