 
																			१६ मंसिर, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमाले विजयी भएको छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाए ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाएका छन् ।
यस वडामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका मुकेश यादव ४३३ मत ल्याएर निर्वाचित भएका थिए । अहिलेको उपनिर्वाचनमा उनै मुकेशकी श्रीमतीलाई  माओवादीले उम्मेदवार बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4