 
																			१६ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतगणना सुरु भएको छ । साढे १० बजेपछि मतगणना सुरु भएको हो ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा आज भएको निर्वाचनमा १८ हजार ५ सय ७७ जनाले मतदान गरेका थिए ।
मतदानमा पुरुषभन्दा बढी महिला सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष भएका थिए । ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम थिए । अध्यक्षमा दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4