+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जनमतले माग्यो सभामुखको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १३:५८

१७ मंसिर, काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै जनमतले उनको राजीनामा माग गरेको हो ।

जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति निकालेर सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाए । दलको कारबाहीलाई बदर गर्दा संसद सचिवालयले दलको सर्वोच्चता हनन् गरेको जनमतले टिप्पणी गरेको छ ।

‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्‍यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा एमालेमा जाने प्रतिबद्धता गर्‍यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्‍याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अबिलम्ब राजीनामा दिनुपर्दछ,’ जनमतको विज्ञप्तिमा भनिएको छ ।

सभामुख घिमिरेले संसदमा नश्लवादी र रंगभेदी व्यवहार देखाएको जनमतले आरोप लगाएको छ ।

जनमतले सांसदबाट हटाउनका लागि चारपटक सभामुखलाई पत्र लेखेको थियो । चौथोपटक पत्र लेखिएपछि सांसद सापकोटालाई पदमुक्त गर्नुपर्ने आधार नरहेको सभामुख घिमिरेले जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?