
१७ मंसिर, काठमाडौं। गणतन्त्र सेनानी सम्मान कार्यक्रम यही मंसिर १९ गते हुने भएको छ ।
यसअघि मंसिर ९ गतेका लागि तय भएको यो कार्यक्रम संविधानसभा सदस्य तथा पूर्वभौतिक योजना राज्यमन्त्री पदमबहादुर राईको निधन भएकोले स्थागित भएको थियो ।
स्थगित भएको कार्यक्रम यही १९ गते गर्ने भएको माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।
उनका अनुसार गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै माओवादी केन्द्रले १५ जनालाई गणतन्त्र सेनानीबाट सम्मान गर्न लागेको हो ।
सम्मानित हुनेहरुमा शहीद तथा बेपत्ता परिवार, घाइते÷अपाङ्ग र तत्कालीन चार जना डेपुटी कमाण्डरहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4