+
+

बोर्डले सार्वजनिक गर्‍यो देशभर सञ्चालनमा रहेका १६६ फिल्म हलको सूची

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १६:२७

काठमाडौं । चलचित्र विकास बोर्डले मुलुकभर सञ्चालनमा रहेका फिल्म हलहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अहिले देशभर सञ्चालनमा रहेका हलको संख्या १६६ छ ।

बोर्डले सोमबार सातै प्रदेशमा संचालनमा रहेका हलको सूची बाहिर ल्याएको हो । केही साताअघि उपत्यका बाहिरका  केही हललाई लिएर बोर्ड र चलचित्र संघ आमनेसामने भएका थिए । यो पृष्ठभूमिमा बोर्डले सञ्चालनमा रहेका हलको सूची सार्वजनिक गरेर चलचित्र संघमाथि दबाब बढाउन खोजेको विश्लेषण गरिएको छ ।

बोर्डले यसअघि मोफसलका २० हल नवीकरण नभएको भन्दै ती हललाई फिल्म उपलब्ध नगराउन प्रमुख वितरण कम्पनीलाई भनिसकेको छ । यो सन्दर्भमा बोर्डले ‘सञ्चालनमा रहेका हल’ भन्दै सूची ल्याएको हो । सूचीमा चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयको बुटवलस्थित द्धारिका उदय हल पनि समावेश छैन ।

सूचीअनुसार सबैभन्दा धेरै हल संख्या बागमती प्रदेशमा ६७ वटा छन् । कोशी प्रदेशमा ३१, मधेश प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा ३ र सुदुरपश्चिममा १ वटा हल छन् ।

बोर्डले सूचनामा सञ्चालनमा रहेका चलचित्र घरको संख्या थपघट भइरहने जनाउँदै यी हललाई मात्र फिल्म वितरण गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?