+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखा–५ मा बाबुराम नेतृत्वको पार्टीसहित ६ दलका उम्मेदवारको धरौटी जफत

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १२:४५

१८ मंसिर, गोरखा । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ६ वटा राजनीतिक दलका उम्मेदवारहरूको धरौटी जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाहेकका सबै दलको धरौटी जफत भएको छ । सदर मतको १० प्रतिशत भन्दा कम ल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।

जस अनुसार, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलको धरौटी जफत भएको हो ।

‘कुल १३ सय ५५ मत खसेको थियो,’ निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘धरौटी जफत नहुनलाई त्यसको दश प्रतिशत अर्थात् १३६ मत ल्याउनुपर्ने थियो ।’

तर भट्टराई नेतृत्वको पार्टीका उम्मेदवारले कुल १० मत मात्र प्राप्त गरे । त्यस्तै रास्वपाका उम्मेदवारले ८२ मत प्राप्त गरे । यहाँको उपनिर्वाचनमा कुल ९ दलले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?