+
+

डिसहोमको इन्टरनेट जडानमा एनपीएलका फ्यानलाई आकर्षक अफर

थप ३ महिना बोनससहित नि:शुल्क फाइभजी राउटर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १२:४३

काठमाडौं । डिसहोमले नेपाल प्रिमियर लिग (एनपीएल) का फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित नि:शुल्क राउटरको अफर सार्वजनिक गरेको हो ।

एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार प्राप्त गरेको डिसहोमले यही अवसरमा नयाँ तथा पुराना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको जनाएको हो ।

पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने डिसहोमले जनाएको छ ।।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?