+
+

मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

रासस रासस
२०८१ मंसिर १९ गते १४:१७

१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिएको छ ।गढीमाई मेला हर्षोल्लासपूर्वक मनाउन भन्दै मधेश सरकारले प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

हरेक पाँच वर्षमा बाराको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने मेला मंसिर १७ गतेबाट सुरु भएको छ । उपराष्ट्रपति रामसहाप्रसाद यादवले मेलाको उद्घाटन गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?