२० मंसिर, काठमाडौं। गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्ट रहेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
पक्राउ परेका उनीमाथि अनुसन्धान थालिएको एसएसपी भट्टराईले बताए । उनीमाथि नक्कली पीए भन्दै ठगी गर्दै हिडेको प्रहरीको आरोप छ ।
गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।
नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो।
गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।
प्रतिक्रिया 4