+

कर्णालीको टिमसँग शिखर धवनले मनाए आफ्नो जन्मदिन

२०८१ मंसिर  २० गते २१:१२ २०८१ मंसिर २० गते २१:१२
कर्णालीको टिमसँग शिखर धवनले मनाए आफ्नो जन्मदिन

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेटर शिखर धवनले आफ्नो ३९औं जन्मदिन मनाएका छन्।

उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन मनाएका हुन् । उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह संस्थापक गृहेन्द्र घिमिरे , फेस अफ कर्णाली स्वस्तिमा खड्का लगायतको उपस्थिति थियो।

३९ वर्षीय धवनले केही महिनाअघि मात्र सबैखाले क्रिकेटबाट सन्यास लिएका थिए । उनलाई कर्णालीले कम्तिमा चारदेखि बढीमा पाँच खेलसम्म खेल्ने गरी अनुबन्ध गरेको छ।

धवनले पहिलो खेलमा जनकपुरविरुद्ध १४ रन बनाएका थिए भने दोस्रो खेलमा काठमाण्डु गुर्खाजविरुद्ध अर्धशतक बनाएका थिए । यद्यपी कर्णाली भने हालसम्म जितविहीन छ ।

शिखर धवन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय