+

एनपीएलमा धवन भर्सेस् तनविर !

२०८१ मंसिर  २१ गते ८:३१ २०८१ मंसिर २१ गते ८:३१

आज धवनले तनविरविरुद्ध शट खेल्ने छन् वा तनविरले धवनलाई सस्तैमा आउट गर्लान् त ?

एनपीएलमा धवन भर्सेस् तनविर !

२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिन आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स खेल्दै छन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

खेलमा अपराजित र जीतविहीनको भिडन्तको कुरा एकतर्फ रहँदा अर्कोतर्फ भारत र पाकिस्तानलाई प्रतिनिधित्व गर्ने दुई खेलाडीबीचको खेलको चर्चा बढी छ ।

भारतका शिखर धवन र पाकिस्तानका सोहेल तनविर आमनेसामने हुँदैछन् । शिखर बाँया हाते ब्याटर हुन् भने तनविर बाँया हाते पेस बलर । शिखर धवनले यसअघिको खेलमा अर्धशतक प्रहार गरेका थिए भने तनविर हालसम्मको लिडिङ विकेट टेकर हुन् जसले पहिलो खेलमा ५ विकेट तथा दोस्रो खेलमा ३ गरी ८ विकेट लिइसकेका छन् ।

आज धवनले तनविरविरुद्ध शट खेल्ने छन् वा तनविरले धवनलाई सस्तैमा आउट गर्लान् त ? सबैको प्रतीक्षाको विषय रहेको छ ।

यसै पनि विश्वक्रिकेटमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई अत्यधिक चर्चाका साथ हेर्ने गरिन्छ ।

शिखर धवन र सोहेल तनविर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय