२२ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले केन्द्रीय समिति ९९ सदस्यीय बनाउने प्रयास गरेको छ ।
कीर्तिपुरमा जारी महाधिवेशन अन्तर्गत विभिन्न १६ वटा प्रस्ताव पारित भएपछि नेतृत्व चयनमा नेताहरू जुटेका छन् । ‘९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रयास भएको छ । सहमतिमा जाँदा यो संख्या तलमाथि हुन पनि सक्छ,’ एक नेताले अनलाइनखबरसँग भने ।
तर, केन्द्रिय समितिमा कुन पक्षको कति भनेर भागबण्डाको प्रतिशत भने टुंगिएको छ । मोहन वैद्य र सन्तबहादुर नेपालीले ४०/४० प्रतिशत भाग लिने र बाँकी २० प्रतिशतमा नेकपा बहुमतबाट आएका हेमन्त्र प्रकाश वली‘सुर्दशन’ पक्षका नेताहरूलाई समेट्ने सहमति भएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आएका नेकपा बहुमत र नेकपा मसालबाट फुटेर आएका सन्तबहादुर नेपाली समूहसँग एकता भएपछि पहिलो महाधिवेशन भएको हो ।
नेकपा बहुमतको एक पक्ष धमेन्द्र बास्तोलाको नेतृत्वमा विभाजन भएर नेकपा बहुमत पार्टी गठन गरेका छन् । हेमन्त प्रकाश वलीको नेतृत्वको अर्को समूह क्रान्तिकारी कम्युनिस्ट पार्टीमा छ ।
प्रतिक्रिया 4