+

अपराजित सुदूरपश्चिमविरुद्ध चितवनको प्रतिस्पर्धा

२०८१ मंसिर  २३ गते ६:५४ २०८१ मंसिर २३ गते ६:५४
अपराजित सुदूरपश्चिमविरुद्ध चितवनको प्रतिस्पर्धा

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका दाँयाहाते अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ ।

दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले पनि तीनमध्ये दुई खेल चाहिँ जितेको छ भने बलियोमध्येकै टिमका रूपमा देखिएको छ ।

सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफमा स्थान लगभग पक्का गर्ने लक्ष्यमा हुनेछ । सुदूरले खेल्नुअघि विहान जनकपुरले पनि खेल्दै छ । दुवै टोलीले जित निकाले प्लेअफ लगभग पक्का हुनेछ ।

चितवन राइनोजले तीन खेलमध्ये सुरूवाती दुई खेल जितेको थियो । बलरहरूको शानदार प्रदर्शनमा चितवनले काठमाण्डु र पोखरालाई हराउँदा कर्णालीसँग भने पराजित भएको थियो

खेल : सुदूरपश्चिम रोएल्स भर्सेस् चितवन राइनोज

मिति र समय : २३ मंसिर, दिउँसो १ बजे

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, दिलप्रीत बजवा/वसन्त खत्री, सेफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

चितवन राइनोज सम्भावित ११ : हसन एइसाखिल, दीपक बोहरा, लुक बेनकेन्सटाइन, कुशल मल्ल, रवि बोपारा, रिजन ढकाल, सोहेल तनविर, बिपिन रावल, सन्तोष कार्की, शरद भेषावकर, अमरसिंह राउटेला

नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय