+
+

यस्तो छ टप १० ब्रोकर कम्पनीको किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १७:४२

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा कुल ७ अर्ब ४६ करोडको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ५६ करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ४५ करोड रुपैयाँको बिक्री भयो ।

टप १० ब्रोकर कम्पनीमार्फत बिक्रीभन्दा खरिद रकम धेरै देखिएको छ । टप १० मध्ये ५ ब्रोकरमार्फत खरिद धेरै देखिएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । नासा, सनी, भिजन, क्यापिटल र सारेप्रोमार्फत खरिद धेरै भएको छ ।

त्यस्तै इम्पेरियल, एबीसी, अनलाइन, आर्यतारा र दिपशिखमार्फत बिक्री धेरै भएको छ । यस दिन धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?