+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसले भन्यो- चीनसँग भएको एड फाइनान्सिङ भन्नु नै अनुदान समझदारी हो

बैठक पछि महतले भने,‘प्रधानमन्त्री फर्केपछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १२:४६

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको महतले दाबी गरे । बैठक पछि महतले भने,‘प्रधानमन्त्री फर्केपछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ ।’ कांग्रेसको भनाइ अनुसार नै सरकारले चीन आफ्ना धारणा प्रस्तुत गरेको महतले बताए ।

‘फ्रेमवर्क समझदारी भएको छ । हाम्रो राष्ट्रिय अनुकूलताका विषयवस्तुहरु मात्रै समावेश गर्ने गरेर अघि बढ्यो । ग्रान्ट फाइन्नासिङ नभएर एड फाइन्नासिङ आयो भनेर सार्वजनिक रुपमा जुन चर्चा भएको छ,’ महतले भने,‘ एड फाइन्नासिङ ग्रान्ट स्वभाविक रुपमा पर्ने भइहाल्यो ।’

परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने महतले बताए । शर्त सहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने महतले बताए । ‘पोखरा विमानस्थलको पनि अत्यन्त नराम्रो हाम्रो अनुभव छ । प्रतिफल नआउने सुनिश्चित भइसक्यो । खराब ऋणमा पर्‍यो,’ महतले भने,‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?