+
+

जंगीअड्डाले भन्यो- सिरियामा नेपाली शान्ति सैनिक सुरक्षित छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते २०:३५

२४ मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन् । विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो ।

यो घटनाक्रम हुँदा नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०-ए सुरक्षा पोष्टमा पनि हतियारधारी समूह जबरजस्ती प्रवेश गरेका थिए ।

यसपछि उत्पन्न परिस्थितिबारे जानकारी दिँदै सैनिक प्रवक्ता गौरवकुमार केसीले भनेका छन्, ‘उक्त सुरक्षा पोष्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन अन्तरगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?