+

यू-१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा

२०८१ मंसिर  २४ गते २०:२३ २०८१ मंसिर २४ गते २०:२३
यू-१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा

२४ मंसिर, काठमाडौं । यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा आयोजना हुने एसीसी यू-१९ वुमन्स एसिया कपको लागि नेपाल यू१९ महिला टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

युएईमा भएको आईसीसी यू१९ वुमन्स विश्वकप एसिया छनोटको उपाधि जितेको नेपाली टोलीबाट एक खेलाडी बाहेक सबैले टिममा निरन्तरता पाएका छन् ।

छनोट खेलेकी मनिषा उपाध्यया टिम बाहिर हुँदा किरण कुमारी कुँवर र अनु कडायत टिममा थपिएका छन् । बाँकी १३ खेलाडी टिममा यथावत नै छन् ।

उपकप्तानमा सोनी पाख्रिन छन् । यस्तै अन्य खेलाडीमा, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महराले टिममा निरन्तरता पाएका छन् ।

महिला यू१९ एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह बी मा छ ।

नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।

यू-१९ महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय