+
+

नरेन्द्र मोदीले गायिका स्मिता दाहाललाई दिए वैवाहिक जीवनको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते २०:५४

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायिका स्मिता दाहालले वैवाहिक जीवनको सुरुवात गरेकोमा शुभकामना दिएका छन् ।

स्मिताकी आमासमेत रहेकी गंगा दाहाललाई मोदीले शुभकामना सन्देश पठाउँदै नवविवाहित जोडीलाई शुभकामना दिएका हुन् । मोदीले ६ डिसेम्बरमा भएको विवाह समारोहमा निम्तो दिएकोमा कृतज्ञता समेत व्यक्त गरेका छन् ।

मोदीले सन्देशमा स्मिताका हजुरबा समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि शुभकामना दिएका छन् । मोदीले सन्देशमा स्मिता र सायुज्यलाई वैवाहिक जीवनको शुभकामना दिएका हुन् ।

गंगाले सामाजिक संजालमार्फत मोदीको सन्देश सार्वजनिक गरेकी छन् । स्मिता र सायुज्यले मंसिर २१ गते काठमाडौंको नर्लिङ रिसोर्टमा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?