काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने भएको छ । मानवअधिकार फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले १६ एमएमको रिलबाट एचडीमा आर्काइभ गर्ने घोषणा गरे ।
समारोहमा अध्यक्ष डीसीले लिम्बु संस्कृतिबारेको फिल्मलाई डिजिटल अर्काइभको लागि अनुमति दिन निर्देशक नवीन सुब्बालाई आग्रह गरेका थिए । सुब्बाले पनि आग्रहलाई सहर्ष स्वीकार्दै अनुमति दिएका थिए । त्यसपछि हल तालीले गुञ्जायमान बन्यो ।
जवाफमा अध्यक्ष डीसीले ‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडीमा रुपान्तरण गरेर डिजिटल अभिलेखको रुपमा राख्ने घोषणा गरे । ४ दिने मानवअधिकार फिल्म फेस्टिभल विहिबार सम्पन्न भएको छ । १२ औं संस्करणलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले उद्घाटन गरेका थिए ।
समापन समारोहमा सांसद ठाकुर गैरे प्रमुख अतिथिको रुपमा सहभागि थिए । कान्समा पुरस्कृत ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’ देखाउँदै महोत्सव सुरु भएको थियो ।
महोत्सवमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारत र युरोपेली मुलुकका फिल्ममेकर सहभागि थिए । महोत्सब चलचित्र विकास बोर्ड र पर्यटन बोर्डको मुख्य हलमा आयोजना गरिएको थियो । यसवर्ष २३ देशका ५३ वटा फिल्म देखाइएको थियो ।
प्रतिक्रिया 4