+

इलाम गोल्डकप : रेडस्टारलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा

२०८१ मंसिर  २७ गते १९:०७ २०८१ मंसिर २७ गते १९:०७

डिफेन्डिङ च्याम्पियन एनआरटी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

इलाम गोल्डकप : रेडस्टारलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा

२७ मंसिर, इलाम ।  डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकप प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापाको रेडस्टार फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो ।

एनआरटीका लागि इलाम गोल्डकपमा डेब्यु गरेका अञ्जन विष्टले एनआरटीका लागि डेब्यु गोल गर्ने अवसर प्राप्त गरे । खेलको ४५औं मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । डिबक्सभित्र अञ्जन विष्टलाई रेडस्टारका विशाल दर्जीले फाउल गरेपछि एनआरटीले पेनल्टीको अवसर पाएको थियो ।

पहिलो हाफमा एक गोलले अग्रता पाएको एनआरटीले दोस्रो हाफको ८ मिनेटसम्म पनि अग्रता जोगाउन सकेन । ५३औं मिनेटमा रेडस्टारका विदेशी खेलाडी इमानुएल बोटेजले बराबरी गोल गरे ।

खेलको ६१औं मिनेटमा एनआरटीले पाएको अवसरलाई विवेक गुरुङले सदुपयोग गर्दै निर्णयक गोल गरे । डिबक्सबाट प्रहार गरेको बलले जाली चुमेपछि डिफेन्डिङ च्याम्पियन एनआरटीले उपाधिका लागि चर्च ब्वाइजसँगको भेट पक्का गरेको हो ।

खेलमा एनआरटीका अञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए । एनआरटीले जीटीए दार्जिलिङ भारत र रेड स्टारले मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

२२ मंसिरदेखि सुरु भएको गोल्डपको फाइनल खेल २९ मंसिरमा हुनेछ । यस गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

इलाम गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय