 
																			२ पुस, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १ सय ९० केजी गाँजा बरामद भएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले बरामद गरेको हो ।
चालक भने फरार छन् । सशस्त्र प्रहरी बलले बताए अनुसार चेकजाँचका लागि रोक्ने क्रममा ती चालक सडकमै गाडी छाडेर भागेका हुन् ।
सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइलकमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।
बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको बताइएको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4