
२ पुस, काठमाडौं । शैक्षिक सुधारको माग राखेर त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट धर्नामा छन् । धर्नामा बसेको एक साता हुँदा पनि त्रिवि पदाधिकारीले वार्ता र माग सम्बोधन गर्न चासो नदिएको उनले गुनासो गरेका छन् ।
‘वार्ताको लागि समिति बनाएको थियो । एक पटक कुरा भयो । त्यसपछि भएको छैन,’ उनले भने । त्रिविका सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको छ । तर समितिले माग पूरा गर्न नसक्ने भट्ट बताउँछन् ।
समितिका संयोजक पौडल सचिव भट्टले उठाएको मागका विषयमा प्रतिवेदन बनाएर पदाधिकारीलाई बुझाएको बताउँछन् । ‘मागका विाष्यमा यो यो काम गर्न सकिन्छ भनेर रिपोर्ट बुझाएका छौँ,’ उनले भने, ‘पदाधिकारीहरूले थप छलफल गर्ने भन्नुभएको छ ।’
३५ बुँदे माग राखेरे भट्ट २६ मंसिरदेखि धर्नामा छन् ।
प्रतिक्रिया 4