+
+

गुल्मी चन्द्रकोटलाई चिनाउन पञ्चे बाजा गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ७:२५

काठमाडौं । गुल्मीको चन्द्रकोटबारे तयार पारिएको गीत सार्वजनिक भएको छ ।  गायिक सुशीला गौतमको चन्द्रकोटबारे रचिएको पञ्चेबाजा गीत सार्वजनिक भएको हो ।

गुल्मीको चन्द्रकोटका पर्यटकीयस्थल चक्रेश्वरमेला, शान्तिपुर, टिमुरे डताल, डिब्रुङ देवी मन्दिरलगायतका ठाउँहरूलाई गीतमा समावेश गरिएको छ ।

गीतले माया प्रेमका अलवा चन्द्रकोट क्षेत्रको पर्यटकीय महत्वलाई दर्शाउन खोजेको गायिक सुशीला गौतमले बताइन् ।

गायिक गौतम चन्द्रकोटको शान्तिपुरमा जन्मिएकी हुन् । आफू जन्मे हुँर्केको ठाउँको महत्वलाई बुझाउन गीतलाई माध्यम बनाएको उनले बताइन् ।

चन्द्रकोट क्षेत्रमा प्रसस्त पर्यटकीय क्षेत्र छन् । ती क्षेत्रलाई गीतका माध्यमबाट चिनाउने उद्देश्य रहेको उनको भनाइ छ ।

गीतमा चन्द्रकोट क्षेत्रसँगै आफ्नो मायालुको कुनैपनि खोट नभएको कथावस्तु छ । गीतको चन्द्रकोटमै छायाङ्कन गरिएको छ।

मंसिर महिनाको अन्तिम साता सार्वजनिक भएको गीत यतिबेला सामाजिक संजालमा चर्चामा रहेको छ ।

गायक रबिन लामिछानेको शब्द, ईश्वर सिंहको संगीत रहेको गीतमा सुशीला गौतम र रेशम निर्दोषको आवाज रहेको छ । गीत सुशीला गौतम अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?