+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

‘जनयुद्ध’ शब्दमा सर्वोच्चको आदेशप्रति जनार्दनको टिप्पणी– प्रतिबन्ध त लोकतन्त्रको उपहास हो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते ११:३५

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्ध शब्द प्रयोग गर्न सर्वोच्च अदालतले रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिबन्ध त लोकतन्त्रको उपहास हो । जनयुद्ध तिमी प्रतिबन्धित भएछौ ।’

सर्वोच्च अदालतले विहीबार सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएको थियो । संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चले ‘जनयुद्ध’ शब्द खारेज गरी ‘सशस्त्र संघर्ष वा सशस्त्र द्वन्द्व’ राख्ने व्यवस्था मिलाउन भनेको छ ।

त्यसमा टिप्पणी गर्दै पूर्वमन्त्री शर्माले लेखेका छन्, ‘तिमी प्रतिबन्ध भएको सुनेँ, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चाहन्छन् । धारालाई तिम्रो प्रतिकूल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महसुस गरेको छु ।’

उनले जनआकांक्षा पूरा गर्न नयाँ स्वरुपमा आउने उल्लेख गरेका छन् । ‘युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाक्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौं,’ उनले लेखेका छन्, ‘देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने संकल्प सहित नयाँ पुस्ताको चाहना अनुसार एआईमा सवार हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?