+

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल विवाद समाधान गर्न समिति गठन

२०८१ पुष  ८ गते १७:०२ २०८१ पुष ८ गते १७:०२

काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले धुलिखेल अस्पताल र विश्वविद्यालयबीचको विवाद समाधान गर्न समिति गठन गरेको छ ।

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल विवाद समाधान गर्न समिति गठन

८ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले धुलिखेल अस्पताल र विश्वविद्यालयबीचको विवाद समाधान गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले दुई निकायबीच लामो समयदेखि चलिरहेको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगकी सदस्य गीता पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा विश्वविद्यालय र अस्पतालका तीन/तीनजना सदस्य तोकिएको छ । समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, कानुन संकायका डीन प्रा.डा. ऋणिकेश वाग्ले र मेडिकल संकायका डिन प्रा.डा. मनोज हुमागाईं सदस्य छन् ।

त्यस्तै अस्पतालका तर्फबाट विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. रामकृष्ण मकाजु र डाक्टरहरू डा. विराज कर्माचार्य र डा. राजीव श्रेष्ठ छन् ।

बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको हो ।

१९ चैत २०५९ को आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७ औँ सभामा कुलपतिका एवं प्रधानमन्त्री ओलीले आपसी संवादबाट समाधान खोज्न गरेको प्रस्ताव पारित भएको थियो ।

यसबीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको संयोजनमा दुवै पक्षलाई संवाद र सहमतिको विन्दुमा ल्याउन भएका पहल र समाधानको विकल्पका विविध पक्षबारे आजको बैठकमा छलफल भएको थियो ।

आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी विश्वविद्यालयले एकपक्षीयरुपमा निर्णयहरु गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।

धुलिखेल अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?