 
																						११ पुस, काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत-चीचबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने बताएका छन् ।
९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा भारत-चीन सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष निकालिएको सञ्चारमन्त्री गुरुङले बिहीबार जानकारी दिए ।
मन्त्री गुरुङले उक्त सहमतिलाई ‘प्राविधिक कुरा’ भन्दै त्यसप्रति नेपालले कुनै चिन्ता लिनुनपर्ने बताए ।
‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन। त्यो उहाँहरूकै टेक्निकल कुरा हो’ मन्त्री गुरुङले भने, ‘त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन।’
गत १८ डिसेम्बर अर्थात ३ पुसमा चीनको राजधानी बेइजिङमा भारत र चीनको विशेष प्रतिनिधिहरूको २३औं बैठक बस्यो । उक्त बैठकमा सन् २०२० देखि स्थगित तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने सहमति भयो । नेपालको दाबी रहेको लिपुलेक क्षेत्रबाट मानसरोवर यात्रा खुलाउने सहमति भारत र चीनले गर्दा नेपाललाई भने बेवास्ता गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4