१२ पुस, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टोली जनकपुर बोल्ट्सका खेलाडीहरूलाई जानकी मन्दिर परिसरमा भव्य स्वागत गरिएको छ ।
शुक्रबार दिउँसो खेलाडीहरूलाई नगरपरिक्रमा गरिएको थियो भने साँझ जानकी मन्दिर परिसरमा स्वागत गरिएको हो ।
जितको खुसीमा जनकपुरका नागरिक समाज, खेलप्रेमीहरूले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन पनि गरेको छ ।
यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरूलाई सम्मान गरेका थिए ।
पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बनेको थियो ।
तस्वीरहरू :
प्रतिक्रिया 4