 
																			१४ पुस, काठमाडौं । शिक्षा सुधारको माग राखेर नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं काठमाडौंको माइतीघरमा उभिएका छन् ।
१४ बुँदे माग राखेर उनी आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएका हुन् ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा शिक्षा ऐन बनाउन उनले माग गर्दै आएका छन् । ईसीडीलाई विद्यालय शिक्षामा राख्नुपर्ने र बालबालिकालाई कितावको भारी बोकाउन नहुने उनको माग छ ।
पहाडी क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने, छात्रवृत्तिको रकम बढाउनु पर्ने, मधेशका विद्यालयमा १०० वाटसम्म बिजुली निःशुल्क गर्नुपर्ने, दलगत शिक्षक संगठन खारेज गरेर एउटा पेशागत महासंघ राख्नुपर्नेलगायतका माग उनको छ ।
सातै प्रदेशमा उभिएर आएका चापागाईँले काठमाडौंमा पनि अभियान सुरु गरेका हुन् । माग पूरा नभएसम्म उभिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4