+
+

बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते ११:५३

१८ पुस, काठमाडौं । बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का ३८ वर्षीय विकास मल्ल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेकोहो । उनलाई १५ फागुन २०७५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।

कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?