+
+

आफैंले काम गर्ने फ्याक्ट्रीको क्रेनले किच्दा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १९:४१

१८ पुस, काठमाडौं । नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।

फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए ।

रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका नायब उपरीक्षक रमेश बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?