 
																			१८ पुस, काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो ।
जस अनुसार ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सिफारिसमा परेका छन् ।
कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय, नक्सालमा कार्यरत छन् । भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुुन्धान कार्यालय, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4