
काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ अन्तर्गत उपत्यकाव्यापी विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा अभियान घिमिरे पहिलो भएका छन् । पन्ध्र हजार,
‘गुणस्तरीय सिकाइमा भौतिक पुस्तक कि डिजिटल प्रविधि ?’ विषयको वादविवाद प्रतियोतिमा अरनिको मावि भक्तपुरमा कक्षा दशमा अध्ययनरत अभियान पहिलो भएका हुन् ।
विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी पल्पसा काफ्ले दोस्रो, दुर्गा भवानी एकेडेमीमा कक्षाकी दिवास्ना धमला तेस्रो र हिमरश्मी माविकी ग्रेसी ज्ञवालीले सान्तवना पुरस्कार पाए ।
पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गरेकालाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कारका साथै विभिन्न प्रकाशनका पुस्तकहरु प्रदान गरिएको आयोजक समितिका सदस्य पुरुषोत्तम दाहालले बताए ।
प्रतियोगितामा काठमाडौं उपत्कायका विभिन्न विद्यालयका २० जनाको सहभागिता थियो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पुस्तक प्रदर्शनी आइतबार सकिने छ । प्रदर्शनीमा १३ देशका प्रकाशक, लेखक, निर्यातक तथा बिभिन्न शैक्षिक सामग्री उत्पादकहरुको सहभागिता छ ।
प्रतिक्रिया 4