२१ पुस, काठमाडौं। काठमाडौंको भृकृटीमण्डपमा पाँच दिनसम्म भएको दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा ३ लाख भन्दा बढीले अवलोकन गरेका छन् ।
प्रर्दशनीको समापन कार्यक्रम प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका छन् । समापान कार्यक्रममा बोल्दै सभामुख घिमिरले भने पठन संस्कृतिको विकासमा यस्ता मेला महोत्सवले महत्तवपूर्ण योगदान दिने बताए ।
उनले भने, ‘मेलामा आउँदा मैले कल्पना गरेको भन्दा निकै भव्य र सभ्य भएको महुसुस गरे। यस्ता मेला महोत्सवका लागि राज्य होस्टेमा हैसै गर्नुपर्छ।’
समापन कार्यक्रममा हरिवंश आचार्यले यस्ता कार्यक्रमहरु राज्यले अपनत्व लिनु पर्नेमा व्यवसायीले अपनत्व लिएकोमा व्यवसायीहरुलाई धन्यवाद दिए । ‘म यही मञ्चबाट भन्छु यस्ता कार्यक्रमहरुमा राज्यले अगुवाई लिन सकोस्।’ उनले भने ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भएको प्रदर्शनीमा नेपालमा पहिलो पटक राईट टेबल म्याच मेकीङ कार्यक्रम भएको छ ।
यस्तै अन्तगर्त ११ वटा लेखक तथा प्रकाशकहरुबीच समझौता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ अध्यक्ष शिव सागरले बताए ।
प्रदर्शनीमा १३ देशका १५० भन्दा बढी प्रकाशक,लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामाग्री उत्पादकहरु सहभागती रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपमहासचिव अर्जुन आचार्यले जानकारी दिए ।
प्रतिक्रिया 4