+

प्रिमियर लिगमा लिभरपुल र युनाइटेडको रोमाञ्चक बराबरी

२०८१ पुष  २२ गते ७:५१ २०८१ पुष २२ गते ७:५१
प्रिमियर लिगमा लिभरपुल र युनाइटेडको रोमाञ्चक बराबरी

२२ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा दुई परिचित प्रतिद्वन्दी लिभरपुल र म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । युनाइटेडले खेलमा सुरूवाती अग्रता लिएर लिभरपुलले पुनरागमन गरेपछि अन्तिममा युनाइटेडले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

लिभरपुलका कोडी गाक्पो र मोहमद सालाहले एक-एक गोल गरे भने युनाइटेडका लिसान्द्रो मार्टिनेज र अमाद डियालोले एक-एक गोल गरे ।

खेलको ५२औं मिनेटमा लिसान्द्रोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि गाक्पोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७०औं मिनेटमा सालाहले गोल गरेपछि खेलमा लिभरपुलले अग्रता लियो । तर अन्त्यसम्म भने जोगाउन सकेन । ८०औं मिनेटमा अमादले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए र २-२ को बराबरीमा टुङ्गियो ।

बराबरीपछि लिग लिडर लिभरपुलको १९ खेलमा ४६ अंक भएको छ । युनाइटेड २० खेलमा २३ अंकसहित १३औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय