+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी बैठकमा कुलमानको कुरा, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १३:०३

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ ।

केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।

‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।

सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।

साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठिक नभएको उनको भनाइ थियो ।

‘पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा त ठिक छ,’ तामाङले भनेका छन्, ‘तर, गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोषी करार गरेकालाई हामीसँगै सम्पत्ति विवरण माग्नु पनि ठिक भएन ।’

केन्द्रीय सदस्य तामाङले अब सिधै महाधिवेशनको तयारीमा जुट्नपर्ने तर्क गरेका छन् । पार्टी बैठकमा धारणा राख्नेहरूले महाधिवेशनबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

केहीले तत्काल महाधिवेशन गर्नुपर्ने बताएका छन् भने केहीले अहिले अभियानमा जोडिएर महाधिवेशनको तयारी पछि गर्न सुझाव दिएका छन् ।

तामाङले बैठकमा भनेका छन्, ‘सिधै महाधिबेशनको तयारीमा जुटौं । आजको आवश्यकता यहि हो ।’

उनले कार्यकारी राष्ट्रपतिको एजेण्डासहित अध्यक्ष प्रचण्ड नेतृत्वमा दुई तिहाई मत प्राप्त गर्नेगरी ०८४ को निर्वाचनमा जुट्न पनि आग्रह गरेका छन् ।

पार्टीमा दण्डहीनताको मुखदर्शक र गुटहरूको साक्षी बस्ने प्रचलन अन्त्य नगर्दासम्म विधिको कुरा गफमै स्मित हुने उनले बताएका छन् ।

माओवादी निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका तामाङले उमेरहदका कारण बिदा भएकाहरूलाई सबै तहमा प्राथमिकताका साथ न्यायोचित निर्णय गराएर पठाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?