+
+

भूकम्पबाट संखुवासभामा एउटा घरमा क्षति

रासस रासस
२०८१ पुष २३ गते १३:४६

२३ पुस, किमाथाङ्का। चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ ।

भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उनले बताए। शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरू भने सकुशल रहेका छन् ।

भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको प्रजिअ खड्काले बताए ।

क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?