+

दशौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

२०८१ पुष  २४ गते १८:५३ २०८१ पुष २४ गते १८:५३
दशौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

२४ पुस, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे ।

दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो ।

मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए ।

मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने बताए । उनले दशौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र उत्कृष्ट हुने बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए ।

सदस्य सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।

सदस्य सचिव घिसिङले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको बताउँदै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन/समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए ।

दशौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय