+
+

रेसाले भनिन् : मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात

रासस रासस
२०८१ पुष २४ गते १८:५३

२४ पुस, काठमाडौं। फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गरेपछि एएफपीलाई दिएको अन्तर्वार्तामा बुधबार ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएकी छिन् ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको राप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन् ।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताइन् ।

‘मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ । यो सरासर गलत हो,’ रेसाले मनिलास्थित र्‍यापलरको समाचार कक्षमा एएफपीसँग भनिन् ।

‘यदि नाफामा आधारित संस्थाले मात्र यो दावी गर्न सक्ने तर यदि शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दावी गर्नु सही होइन । यो व्यक्तिको सुरक्षाको कुरा हो।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?