+
+

सल्यानमा घरभित्रै मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते २१:१३

२४ पुस, काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् ।

लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

‘अहिले घटनास्थलमै छौं । दुईवटा नानीहरू मृत अवस्थामा छन् । हामीले आमालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले भने, ‘शंका आमालाई नै बढी गरेका छौं । आमा नै घरमा भएकाले अनुसन्धान आमाबाटै सुरु गर्दैछौं ।’

मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेका थिए ।

इन्सपेक्टर बस्नेतका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका रहेछन् ।

घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?